नेभिगेशन
समाज विविध

एनसेल फाइभजी परीक्षणको पर्खाइमा

काठमाडौँ –एनसेलले फाइभजी परीक्षणको अनुमति मागेको छ ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा निजी सेवा प्रदायक कम्पनी एनसेल आजियाटाका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले फाइभजी परीक्षणका लागि अनुमतिको पर्खाइमा रहेको बताएका छन् ।

उनले सबै सेवा प्रदायकलाई फाइभजी परीक्षणको अनुमति दिन आह्वान गर्नुपर्ने बताए ।

एनसेल आजियटाले नेपालसहित अन्य मुलुकमा पनि दुरसञ्चार सेवा प्रदान गरिरहेको र आफूहरुसँग अनुभव पनि रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा