Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपराष्ट्रपतिमा जसपाको अडान कायमै

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । उनीहरूबीच सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल भएको हो ।

५ दलीय पुरानै गठबन्धन ब्युँताउने कसरत भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रचण्ड र यादवबीच छलफल भएको हो । त्यस क्रममा जसपा अध्यक्ष यादवले उपराष्ट्रपतिको अडानलाई दोहो¥याएका थिए । उनले उपराष्ट्रपति दिने भएमात्रै गठबन्धन र सरकारमा सहभागी हुने बताएका थिए ।


 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्