Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिलौराकोटमा उत्खनन पुनः थालियो

बिहीबार, फागुन ११, २०७९

चन्द्रौटा– भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत जस्तै यस वर्ष पनि उत्खनन थालिएको छ । 

उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन् । 

तिलौराकोट क्षेत्रको विभिन्न ठाउँमा उत्खनन कार्य ४५ दिनसम्म चल्ने पुरातत्व विभागका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । तिलौराकोटको पूर्वी द्वार अगाडिको संरचना, कन्थक स्तूप नजिकै भेटिएका विहार र पोखरीको अनुसन्धानसमेत थालिएको उनले बताए ।

यसका साथै तिलौराकोटमा भौगर्भिक सर्भेलगायत कार्य गर्ने योजना रहेको कुँवरको भनाइ छ । 

विगत वर्षमा मुख्य दरबार क्षेत्र, उत्तरी द्वार, मौर्यकालीन पोखरी, समयमाई मन्दिर पछाडि, शिवगढ, कन्थक स्तूपलगायत क्षेत्रमा उत्खनन गरिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १९:३८
प्रतिक्रिया दिनुहोस्