Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशको स्थायित्व सैनाबाटै प्रत्याभूत हुन्छ : रुसी राष्ट्रपति पुटिन

शुक्रबार, फागुन १२, २०७९

मस्को– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको स्थायित्व रुसी सेनाबाटै प्रत्याभूत हुने बताएका छन् । युक्रेनमा आक्रमण सुरु भएको एक वर्ष उभएको उपलक्ष्यमा  उनले हतियार उत्पादन बढाउने वाचा गरेका छन् । 

‘डिफेन्डर अफ द फादरल्याण्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले आधुनिक, कुशल स्थल र नौसेना देशको सुरक्षा र सार्वभौमसत्ता प्रत्याभूत गर्ने शक्ति भएको उल्लेख गर्दै देशको राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिशिचत हुने बताए । 

देशको  प्रतिरक्षा क्षमता विस्तारलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले सशस्त्र सेनाका सबै डफ्फाको सन्तुलित विकास  गरी सञ्चार उपकरण, ड्रोन र तोपखाना प्रणालीलाई अझ सुदृढ तुल्याएर सञ्चालन गर्ने उल्लेख गरे ।

‘अब हाम्रो उद्योगले परम्परागत हतियारको सम्पूर्ण दायराको उत्पादन द्रुत गतिमा बढाउँनेछ,’ उनले भने । 

राष्ट्रपति पुटिनले युक्रेनमा साहसपूर्वक लडिरहेका फौजको प्रशंसा गर्दै मुलुकको ऐतिहासिक भूमिमा जनताको रक्षा गर्ने सैनिक अटुट एकताका सूत्र हुन् भने । एकता नै विजयको द्योतक हुने  उनले बताए । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०५:५०
प्रतिक्रिया दिनुहोस्