Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी पहिलो

शुक्रबार, फागुन १२, २०७९

दिक्तेल– कार्यसम्पादन सूचक मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ । जिल्लाका १० स्थानीय तहमध्ये उक्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६६.७८ अंक ल्याएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनमा उल्लेख छ । 

आयोगका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५९.८४ अंक, ऐसेलुखर्क गाउँपालिकाले ५७.७८ अंक, हलेसी तुवाचुङ नगरपालिकाले ५५.३० अंक, खोटेहाङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको छ । यस्तै साकेला गाउँपालिकाले ५१.१३ अंक, रावाबेँसी गाउँपालिकाले ४९.०६ अंक, केपिलासगढी गाउँपालिकले ४७.५९ अंक र बराहपोखरी गाउँपालिकाले ४६.४८ अंक पाएको आयोगको प्रतिवेदनमा उल्लेख छ । 

जन्तेढुंगा गाउँपालिकाले जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा कम अंक ल्याएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन सूचक मूल्यांकन प्रतिवेदनअनुसार जन्तेढंगा गाउँपालिकाले सबैभन्दा कम ४४.०८ अंकमात्र ल्याएको हो । 

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिवेदनअनुसार असार १० गतेभित्र राजस्व र व्यायको अनुमान गाउँसभा-नगरसभामा गरे÷नगरेको, असार मसान्तभित्र राजस्व र व्यायको अनुमान पारित गरे÷नगरेको, आर्थिक वर्ष २०७७-७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) प्रयोग गरे÷नगरेको, आवधिक योजना तर्जुमा गरे÷नगरेकोलगायतका सूचकको आधारमा कार्यसम्पादन सूचक मूल्यांकन गरिएको जनाइएको छ । 

घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिकरूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे-नगरेको, आर्थिक वर्ष २०८०-८१ को आयव्याय प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण २०७९ पुस सान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेन-गरेको, आर्थिक वर्ष २०७९-८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको, चारपटक गर्भजाँच गर्ने महिलाको संख्यालगायतका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०७:१८
प्रतिक्रिया दिनुहोस्