नेभिगेशन
सुरक्षा–अपराध

सन्दीपको मुद्दाको पेसी आज

काठमाडौँ– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजलाई तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको अदालत स्रोतले जनाएको छ ।

लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लागेको छ । उनी गत पुसमा उच्च अदालत, पाटनको आदेशमा २० लाख धरौटीमा सशर्तसहित रिहा भएका थिए । तिनै शर्त र धरौटी कम गर्न माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

साथै, उनले खेल्नका लागि दुबई जान पाउनुपर्ने माग पनि राखेका छन् । युएईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार बुधबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ