Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकैपटक ६१ सहसचिवको सरुवा

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

सरुवा गर्ने मन्त्रिपरिषद्को नीतिगत निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राति अबेर गरी मात्रै सूचीलाई अन्तिम रूप दिएको हो । 

सरुवा हुनेमा सबैभन्दा बढी गृह मन्त्रालयका सहसचिव छन् । गृह मन्त्रालयमा रहेका १० जनालाई सरुवा गरिएको छ भने अन्य १० लाई गृहमै ल्याइएको छ ।

मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय,  र प्रदेश मन्त्रालयका सहसचिवहरूको पनि सरुवा गरिएको छ ।

हालै बढुवा भएका १५ जना सहसचिवलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्