नेभिगेशन
समाज विविध

सन्दीपको मुद्दा ईश्वर खतिवडाको इजलासमा

काठमाडौँ– नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले आफू विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित दायर गरेको रिटमा पेसी तोकिएको छ ।

शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको इजलासमा लामिछानेको रिट पेसी तोकिएको छ । १५औँ नम्बरमा लामिछानेको मुद्दा पेसी परेको छ ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध