Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिमालयनले गाभ्यो सिभिल, एकीकृत कारोबार सुरु

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ ।

शुक्रबार मर्जर कार्यक्रममा हिमालयन बैंकका सिइओ अशोक राणाले ९ महिनाको लामो छलफलपछि हिमालयन र सिभिल बैंक मर्जरमा जान सफल भएको बताए । दुवै बैंकका लागि यो मर्जर ऐतिहासिक भएको उनको भनाइ छ । 

एकीकृत भएसँगै बैंकका शाखा १८९ र एकस्टेन्सन काउन्टर २० वटा हुने भएका छन् भने जम्मा कर्मचारी १ हजार ९७३ जना हुनेछन् ।

हिमालयन बैंकले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुने छ ।

एकीकृत कारोबार भएसँगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुगेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार