नेभिगेशन
बैंक–वित्त

‘सामाजिक रूपान्तरणको विश्वासिलो माध्यम सहकारी’

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी अभियानलाई आर्थिक सामाजिक रूपान्तरणको विश्वासिलो आधारका रूपमा अघि बढाउन सहकारीको दीर्घकालीन रणनीतिमा जोड दिएको छ ।

सहकारी अभियन्तासँगको अन्तर्क्रियामा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रलाई सुसंस्कृत, मर्यादित र कानुनको परिपालनामा अब्बल बनाउन कोसिस भइरहेको बताए ।

उनले भने, ‘देशको अर्थतन्त्रको एउटा खम्बाको रूपमा रहेको सहकारी संविधानले परिकल्पना गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र बहुआयामिक गरिबी सूचकको सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने सामथ्र्य छ ।’

नयाँ सोच र सुसंस्कृत परिपाटीका साथ सहकारी अभियान अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले समुदायमा आधारित विकासको मूल मुद्दामा केन्द्रित सहकारी संस्था समन्यायिक विकासमार्फत देशमा आर्थिक सामाजिक रूपान्तरण गर्ने क्षमताले युक्त र भरोसायुक्त क्षेत्र रहेको बताए । 

सो अवसरमा सहभागी वक्ताले सहकारीमा नकारात्मक प्रवृत्तिको नियन्त्रणका लागि अनुशासन र कानुनको परिपालना गरेका सहकारीलाई प्रोत्साहन अहिलेको आवश्यकता रहेको रहेको बताए । केही सहकारी संस्थामा देखिएको विकृतिले सारा सहकारी आरोपित हुने स्थितिको अन्त्य गर्न सहकारी संस्थाका संघ महासंघ सक्रिय हुनुपर्ने सो अवसरमा सुझाव दिइयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त