नेभिगेशन
समाज विविध

यमगज हात्ती नियन्त्रण गर्न सांसदको माग

काठमाडौँ– प्रतिनिधिसभा सदस्य महेशकुमार बर्ताैलाले मकवानपुरको मनहरीमा भएको यमगज हात्तीको आतंक नियन्त्रण गर्न माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बर्तौलाले हात्ती आतंकबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । 

३ दिनअघि मनहरी–४ मा हात्तीको आक्रमणबाट ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको भन्दै उनले तत्काल यमगज नामक हात्तीको आतंक नियन्त्रण र मृतकको परिवारलाई राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

‘अविलम्बन हात्ती नियन्त्रण गर्न र मृतकलाई क्षतिपुर्तिको माग गर्दछु’ बर्तौलाले भने ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता