नेभिगेशन
समाचार

एमाले सचिवालय बैठक भोलि

काठमाडौँ –राष्ट्रपतिको उम्मेदवार बारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

राष्ट्रपतिका उम्मेदवारको मनोनय दर्ताको दिन शनिबार नै रहेकाले एमाले सचिवालय बैठकले उम्मेदवार तय गर्नेछ । 

एमालेले सरकार गठनका बेला पुस १०मा भएको समझदारी अनुसार राष्ट्रपतिको उम्मेदवार आफूले नै पाउनु पर्ने दाबी गर्दै आएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार