Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड–ओलीबीच निर्णायक वार्ता हुँदै

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनको विषयमा कुरा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले बालुवाटार जानुअघि संघीय संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपतिमा एमालेकै उम्मेदवार हुने बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्