राज्यका निकाय गैरजिम्मेवार हुनु जनतामाथि अपराध : तोसिमा कार्की
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक आयोजनाहरू निर्माणमा रहेको बेथिति अन्त्य गर्न आग्रह गरेकी छिन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत सरकारी निकायले नै काम गर्न नसक्नुमा कसको स्वार्थ छ रु भन्दै प्रश्न गरिन् ।
उनले काठमाडौँ उपत्यकाका निर्माणाधीन सडक आयोजनाहरूको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराइन् ।
सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठुलो अस्पताल जाने नख्खु भैँसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ भन्दै प्रश्न गरिन् ।
टुँडिखेल–फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो–चापागाउँ कान्तिपथ मुआब्जाका कारण रोकिनु ठुला ठेकेदारको मिलेमतो वा दबाब के हो रु भन्दै सरकारसँग जबाफ माग गरिन् ।
उनले राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभई आमजनतामाथिको अपराध भएको उल्लेख गरिन् ।
उनले भौतिक पूर्वाधार मन्त्रीले सार्वजनिक निर्माणको काममा हुने ढिलासुस्ती र बेथिति अविलम्व समाधान गर्नुपर्ने बताइन् ।