नेभिगेशन
समाचार

समाजवाद निर्माणका लागि साझा सहमति जुटाउन आग्रह

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभा बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिए । 

जनताको घरदैलोको सरकारका रूपमा रहेको स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्ने उनको भनाइ थियो ।

संघीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकौँ कारणले समस्या देखिएको भन्दै उनले कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उल्लेख गरे । 

जमिन बाँझो भएको, अपार प्राकृतिक स्रोत खेर गएको, युवा बिदेसिन बाध्य भएको तथ्य पेस गर्दै उनले उपयोग हुन नसकेको स्रोत साधनको सदुपयोग गर्दै समृद्धिको महाअभियान सुरु गर्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार