नेभिगेशन
समाचार

एमालेका उम्मेदवार नै राष्ट्रपति : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गरे । उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताए । उनले भने, ‘राष्ट्रपति एमालेको हुन्छ भन्ने कुरा त हामीले पुस १० गतै नै भनेका हौँ । अरू घटनाक्रम हामीलाई थाहा छैन ।’

शुक्रबार दिउँसो प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । 

‘भोलि मनोनयन हुन्छ । एमालेको उम्मेदवार हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो लगाएर बसेका छौँ,’ ओलीले भने, ‘अरू घटनाक्रम चाहिँ थाहा भएन ।’

प्रतिनिधि सभाको बैठकअघि नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार