राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक : प्रवक्ता महत
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेससहित बसेको ४ दलीय बैठकमा राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएको बताएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग उनले प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरे ।
सांसद महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरून् भन्ने अपेक्षा राखेको पनि बताए । कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने कुरामा अन्य दल पनि सकारात्मक रहेको उनले बताए ।
उनले आज साँझ बस्ने ४ दलीय बैठकले सो निर्णय गर्ने बताउँदै नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपतिका लागि योग्य भएको बताए ।
सांसद महतले संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताए ।