Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु लाइफ इन्स्योरेन्सका एमडीआरटी विजेता सम्मानित

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ‘एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी मनाएको छ ।

चितवनको सौराहामा फागुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको कार्यक्रममा कम्पनीबाट एमडीआरटी २०२३ मा छनोट भएका विजयी अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए ।

३ दिनसम्म सञ्चालन भएको कार्यक्रममा अभिकर्ताहरूलाई सम्मान, अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्