Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआईसी एसिया बैंकले २ लाखसम्म फोनलोन दिने

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –एनआईसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने भएको छ । 
बैंकले एनआईसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको हो । बैंकले ल्याएको यस सेवाबाट ग्राहकले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रूपमा बैंकका शाखामा उपस्थित नभई अधिकतम २ लाख रुपैयाँसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन् । 
बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्नेछन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २०:४३
प्रतिक्रिया दिनुहोस्