नेभिगेशन
विश्व

एफएटिएफद्वारा रुसको सदस्यता निलम्बन

पेरिस– विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले युक्रेनमा रुसी आक्रमणलाई लिएर रुसको सदस्यता निलम्बन गरेको शुक्रबार जनाएको छ ।

एफएटिएफले २०० भन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतंकवादजस्ता गम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ ।

समूहले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘समूहको उद्देश्य सुरक्षा, सुरक्षा र विश्वव्यापी वित्तीय प्रणालीको अखण्डतालाई बढावा दिनु भएको र रुसी महासंघको यो कदम एफएटिएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकोले कारबाही अघि बढाइएको छ ।’ एफएटीएफको मापदण्ड कार्यान्वयनका लागि रुस अझै पनि जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटिएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ भने कम्बोडिया र मोरक्कोलाई उक्त श्रेणीबाट हटाएको छ ।

रुसलाई युरोपेलीे परिषदबाट निष्कासित गरिएको छ भने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट निलम्बित गरिएको छ, तर रुस अझै पनि धेरै अन्तर्राष्ट्रिय संगठनको सदस्य छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन