Nic Ad Nic Ad
Nic Ad Nic Ad
मौसम पूर्वानुमान :

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपात हुनसक्ने

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

साथै, यी ३ प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

आज रातिको मौसम पनि लगभग दिउँसोकै जस्तो रहेको महाशाखाले जनाएको छ ।

‘राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।’
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्