नेभिगेशन
विश्व

इजिप्टको मिन्यामा पुरातन युगका चिहान भेटिए

कायरो– संयुक्त इजिप्टियन स्पेनिस पुरातात्विक मिसनले माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुंगा चिहान फेला पारेको इजिप्टको पुरातात्विक तथा पुरातात्विक मन्त्रालयको विज्ञप्तिमा शुक्रबार उल्लेख  गरिएको छ ।

‘माथिल्लो इजिप्टको इतिहासको बारेमा रहस्यहरू खोतल्नका लागि यो खोज  अत्यन्तै महत्त्वपूर्ण छ,’ पुरातन वस्तुहरूको सर्वोच्च परिषद्का अध्यक्ष मुस्तफा वजिरीले भनेका छन् । 

यस्तै मन्त्रालयले पनि एक विज्ञप्तिमा निकाल्दै यसको पुष्टि गरेका छ । ‘रोमन युगका चिहानहरूमा कुनै ढक्कन वा पाण्डुलिपिहरू भेटिएनन्  । जबकि कप्टिक युगहरूकामा भने आयताकार प्वालहरू भेटिएका र  माटाका थुप्रै टुक्राहरू फेला परेका थिए,’ विज्ञप्तिमा उल्लेअख छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन