Nic Ad Nic Ad
Nic Ad Nic Ad

लिङ्देनसहित राप्रपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा 

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

राप्रपाका अध्यक्षसमेत रहेका उर्जामन्त्री लिङ्देनसहित सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा गएर मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

No description available.

आजैमात्र राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संघ र प्रदेश दुवै सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो ।

सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तनपछि देश पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार