नेभिगेशन
समाचार

रामचन्द्र पौडेलले मागे रवि लामिछानेसँग भोट

काठमाडौँ –नेपाली कांग्रेसका राष्ट्रपति दलका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहयोग गर्न आग्रह गरेका छन् ।

पौडेलले लामिछानेको हात्तिगौडास्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

यद्यपि लामिछानेले सहयोग गर्नेबारे स्पष्ट जवाफ दिएनन् । उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जफाब पौडेललाई फर्काएका छन् ।

नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । तर रास्वपाले भने केही निर्णय गरेको छैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार