Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामचन्द्र पौडेलले गरे राष्ट्रपतिमा उम्मेदवारी दर्ता

शनिबार, फागुन १३, २०७९

काठमाडौँ – नेपाली कांग्रेसबाट राष्ट्रपति पदमा रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । 

पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई र जनमत पार्टीका नेता मोहम्मद अब्दुल खान छन् । 

त्यस्तै समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे छन् ।  

 उनले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । 

वरिष्ठ नेता पौडेललाई शनिबार बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

ramchandra-202-2522023093341-1000x01677315276.jpg

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार