नेभिगेशन
समाज विविध

जसपा सांसद सहनाज रहमानको निधन

काठमाडौँ – जनता समाजवादी पार्टीकी सांसदको निधन भएको छ । सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनी मुस्लिम समूदायबाट प्रतिनिधि सभामा समानुपातिक सांसद चयन भएकी थिइन् ।

केन्द्रीय सदस्यसमेत रहेकी रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा गएकी उनलाई हृदयघात भएको हो । रहमान महिला फोरमकी पूर्व अध्यक्ष थिइन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता