नेभिगेशन
समाचार

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएपछि रामचन्द्र पौडेलले भने– मेरै नाममा सर्वसम्मत हुन्छ

काठमाडौँ –नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपतिमा आफ्नो नाममा सर्वसम्मत हुने दाबी गरेका छन् ।

शनिबार राष्ट्रपति पदको उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै पौडेलले आफूलाई नेकपा एमालेले पनि सहयोग गर्ने विश्वास रहेको बताए । ‘संविधानको अक्षरशः पालना गर्ने आफ्नो कर्तव्य हुने र नेपालको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्छु,’ उनले भने ।

एमालेले पनि आफूलाई साथ दिने अपेक्षा रहेको उल्लेख गर्दै पौडेलले राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताए ।

‘एमाले अध्यक्ष ओली पनि म सँगै जेल बस्नुभएको हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उनले भने । 

‘नेपालमा आएको परिवर्तनको रक्षा गरेर नेपाली जनताको उन्नती अघि बढाउने, नेपाली जनताको एकता, राष्ट्रिय अण्खडता र राष्ट्रियता सबल बनाउने काममा मेरो सहयोग हुन्छ’ उनले भने ।

२५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार