Nic Ad Nic Ad
Nic Ad Nic Ad

कालिकोटको मान्ममा निःशुल्क स्वास्थ्य शिविर

शनिबार, फागुन १३, २०७९

कालिकोट– काठमाडौं मेडिकल कलेजको सहयोगमा कालिकोटको मान्म बजारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

कर्णाली हेल्थ कियर फाउण्डेशन कालिकोटको आयोजना तथा काठमाडौं मेडिकल कलेजको सहयोगमा मान्ममा २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

डा सुनील शर्माको नेतृत्वमा १८ जना विशेषज्ञ डाक्टरहरूसहित कालिकोट आएर शिविर सञ्चालन गरिएको शिविर व्यवस्थापक प्रेमबहादुर शाहीले बताए । 

शिविरमा १ हजार ८२५ जना बिरामीले सेवा पाएका छन् । गम्भीर प्रकृतिका ७५ जना बिरामीलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्नका लागि रिफर गरिएको छ । 

बाँकी सबै बिरामीहरू शिविरमा उपचार गराएर घर फर्किएका छन् । शिविरमा विशेषगरी पेट, ढाड, नाक कान घाँटी, मुटु, आँखा, महिलाहरूको पाठेघरसम्बन्धी समस्या जस्ता बिरामीहरूले सेवा लिएका छन् ।  

अछाम र कालिकोटका नागरिकहरूलाई लक्षित गर्दै अछामको पंचदेवल नगरपालिका र कालिकोटको मान्ममा शिविर सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्