राजीनामा दिन दबाब आयो : मेयर बालेन
काठमाडौँ –काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आफूलाई राजीनामा गर्न बाध्य पारेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा आफूलाई राजीनामा दिन बाध्य पार्न खोजिएको उनको दाबी छ ।
उनले यो देश कहिल्यै नबन्नेसमेत टिप्पणी गरेका छने् । ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै बन्दैन,’ उनले फेसबुकमा लेखेका छन् ।
तर कसले किन राजीनामा दिन बाध्य पारेको हो त्यसबारे बालेनले केही खुलाएका छैनन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उनी विजयी भएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९ १६:४६
प्रतिक्रिया दिनुहोस्