Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा ट्रकले बसलाई ठक्कर दिँदा १४ जना मारिए, ५० घाइते

शनिबार, फागुन १३, २०७९

दिल्ली– भारतको मध्य प्रदेश राज्यमा सडक छेउमा रोकिराखेको तीनवटा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका छन् ।

मध्य प्रदेशको राजधानी भोपालबाट ६१० किलोमिटर उत्तरपूर्वमा पर्ने सिद्धी जिल्लामा शुक्रबार राति सो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार सिमेन्ट बोकेको ट्रकको एउटा टायर फुटेपछि ट्रकले सन्तुलन गुमाउँदा सडकछेउमा पार्किङ गरी राखिएका तीनवटा बसलाई ठक्कर दिएको र आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य छ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

‘दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५६ जना घाइते भएका छन्,’ वरिष्ठ प्रहरी अधिकारी मुकेश श्रीवास्तवले भने । 

घाइतेमध्ये अधिकांशको नजिकैको रेवा जिल्लाको सञ्जय गान्धी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अधिकारीहरूका अनुसार भारतका सङ्घीय गृहमन्त्री अमित शाहले सम्बोधन गरेको ¥यालीमा सहभागी हुन गएका बस यात्री आफ्नो घर फर्किरहेका थिए । 

भारतमा सवारीमा अत्यधिक भार बोक्ने, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ । भारतमा हरेक वर्ष करिब एक लाख ५० हजार मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्