Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

आइतबार, फागुन १४, २०७९

काठमाडौँ –हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पुँजी २६ अर्ब, चुक्ता तथा जारी पुँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्ब रूपैयाँ पुगेको छ । बैंकको कुल निक्षेप २७४ अर्ब र कुल कर्जा २५० अर्ब रूपैयाँ रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्