Nic Ad Nic Ad
Nic Ad Nic Ad

लमजुङमा १६ फागुनदेखि कोभिड–१९ विरुद्ध दोस्रो बुस्टर खोप लगाइने

आइतबार, फागुन १४, २०७९

लनजुङ–लमजुङमा १६ फागुनदेखि चारवटा पालिकामा दोस्रो बुस्टर खोप सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य कार्यालय लमजुङले कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप अभियान सञ्चालन गर्न लागेको हो ।

तेस्रो मात्राको खोप लगाएको ६ महिना पुगेका ५५ वर्ष माथिका नागरिक, स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, गर्भवती, रोगप्रतिरोधक क्षमता कम भएकालाई दोस्रो बुस्टरका रुपमा चौथो मात्राको खोप दिइनेछ ।

पहिलो चरणमा बेंसीसहर र सुन्दरबजार नगरपालिका, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिए । यी पालिकामा खोप अभियान सञ्चालन गर्नका लागि प्रदेश स्वास्थ्य कार्यालयबाट १२ हजार मात्रा वाई भायोलेन्ट खोप आइसेको छ । ४ वटा पालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप सञ्चालन गरिने दवाडीले बताए । 

दोस्रो बुस्टरका रुपमा फाइजर बायोएनटेक खोप बेंसीसहर बजारमा १ हजार ९१ जनालाई लगाइ सकिएको स्वास्थ्य कार्यालयले जनाएकोछ । जिल्लामा पहिलो बुस्टर मात्रा ९० हजार ८२३ जनाले लगाएका छन् । पहिलो खोप मात्रा १ लाख २३ हजार ३०३ र दोस्रो खोप मात्रा १ लाख १९ हजार ८६७ जनाले लगाएका थिए । ३ चरणको खोप खोप लगाएपछि बुस्टर भनिन्छ । 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्