Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश मल्ल र चुडालको इजलासमा

आइतबार, फागुन १४, २०७९

काडमाडौँ –नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हुँदैछ । दुई निवेदनमा आइतबार इजलासको सुरूमै सुनुवाइ गर्न लासगएको हो ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन् । महान्यायाधीवक्ताको कार्यालयले भने उनलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ । 

सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो । उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । 

लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्