Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैद्यखानाबाट १५ थरी औषधि उत्पादन सुरु

आइतबार, फागुन १४, २०७९

काठमाडौँ –झण्डै बन्द हुने अवस्थामा पुगेको सिंहदरबार वैद्यखानाले औषधि उत्पादन गर्न सुरु गरेको छ । वैद्यखानाबाट अहिले १५ थरी औषधि उत्पादन सुरु गरिएको र निकट भविष्यमै करिब सय थरी औषधि उत्पादन गर्ने योजना रहेको वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. रामदेव यादवले बताए । उनका अनुसार वैद्यखानाले अहिले अश्वगन्धा चुर्ण, सन्दिपन चुर्ण, त्रिफला चुर्ण, षड्विन्दु तेल, केशर गुलगुल, च्यवनप्राश, स्पेसल च्यावनप्राश, हरिद्राखण्ड, शिलाजित, तुलसी चिया, पञ्चसकार चुर्ण, अविपत्तिकरण चुर्णलगायतका १५ थरी औषधि उत्पादनको काम सुरु भइसकेको छ । 

यसैगरी शिलाजित उत्पादन गर्ने प्रक्रियामा रहेको यादवले बताए ।

स्वास्थ्य मन्त्रालयले २०७९ असोजमा डा. यादवलाई वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । ‘वैद्यखानामा म आएपछि १५ थरी औषधि उत्पादन गर्न सुरु गरेँ । निकट भविष्यमा सय थरी औषधि उत्पादन गर्ने तयारी गर्दैछु,’ डा. यादवले भने, वैद्यखानामा म आउँदा कर्मचारीले ५ महिनादेखि तलब खान पाएका थिएनन् । म आउनबित्तिकै सबैलाई तलब खुवाएँ।’ वैद्यखानासँग सम्झौता गरेअनुसार ठेकेदारले पर्याप्त जडिबुटी तथा कच्चा पदार्थ उपलब्ध नगराएकाले केही औषधि उत्पादन गर्न ढिलो भएको भन्दै डा. यादवले भने, ‘माग गरेजति जडिबुडी प्राप्त हुनबित्तिकै कम्तीमा १ सय थरी औषधि उत्पादन गर्ने हाम्रो तयारी छ ।’ वैद्यखानाले हरके वर्ष जडिबुटी तथा कच्चा सामग्री उपलब्ध गराउन ठेक्का आह्वान गर्ने गर्छ ।

२०६० सालसम्म वैद्यखानाले करिब ६५ थरी औषधि उत्पादन गथ्र्यो तर पछिल्लो समय औषधि उत्पादन गर्ने प्रक्रिया सुस्त हुँदै गयो । भदौ÷असोजसम्म वैद्यखानाले ५ थरी मात्र औषधि उत्पादन गरको थियो। वैद्यखानाका दुई उच्च कर्मचारीबीचको विवादले वैद्यखाना निरन्तर आरालो लागेको थियो ।  

यसअघि वैद्यखानामा डा. श्यामबाबु यादव र डा. सवरी साह दुवैले आफू कार्यालय प्रमुख भएको दाबी गर्दै कार्यालय प्रमुख बस्ने कुर्सीमा बस्न हानाथाप गरेका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्