Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

आइतबार, फागुन १४, २०७९

काठमाडौँ –राष्ट्रपतिको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने छ ।

बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुनेछ । 

पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।

सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । राष्टपतिको निर्वाचनमा रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक  वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ । यस्तै चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्