Nic Ad Nic Ad
Nic Ad Nic Ad

२ हजार बिन्दुबाट तल झर्दो क्रममा सेयर, ५० औं मिनेटमा ५७ अंकले घट्यो

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– साताको पहिलो दिन आइतबारको सेयर कारोबार सुरुवाती अवधिदेखि नै घटिरहेको छ । सेयर कारोबार सुरु भएपछि ११ बजेर ४९ मिनेटमा सेयर कारोबार ५७ दशमलव ८० अंकले घटिसकेको छ । 

उक्त समयमा २ दशमलव ८६ प्रतिशतले सेयर बजार घटेर कारोबार रकम समेत करोडमा झरेको छ । यस अवधिमा ७३ करोड ८५ लाख ३६ हजार रुपैयाँ बराबर सेयर कारोबार भएको छ भने २१३ वटा ऋणपत्रको मूल्य ऋणात्मक घटेको छ । २ वटाको मात्र ऋणपत्रको सेयर मूल्यमात्र बढेको छ । 

लगातार सेयर बजार घटिरहँदा आइतबार सेयर कारोबार २ हजार बिन्दुबाट तल झरेको छ ।  यसअघि २१ सय बिन्दुसम्म सेयर कारोबार हुने गरेकोमा मध्यहान्सम्म  १९६४ दशमलव ८४ बिन्दुमा झरिसकेको छ ।

सेयर कारोबार आइतबार  पनि अन्तिम समयसम्म घट्ने नै देखिएको छ । निरन्तर सेयर बजार ओरालो लागिरहँदा लगानीकर्ताहरु भने निराश बनेका छन् । केही हप्ताअघि सामान्य रुपमा बढ्न थालेको सेयर बजारमा गत हप्ताभर सेयर घटिनै रह्यो ।

विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त हुँदाताका सेयर बजारमा देखिएको उत्साह अहिले भने हराएको छ । सरकार परिवर्तन हुने हल्लासँगै पछिल्ला दिनमा सेयर बजार निरन्तर घटिरहेको लगानीकर्ताहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्