नेभिगेशन
अर्थ विविध

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ –सुन र चाँदीको मूल्य आइतबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले घटेको छ ।

छापावाल सुन तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध