Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिलो विदेश भ्रमणमा प्रधानमन्त्री दाहाल शुक्रबार कतार जाँदै

आइतबार, फागुन १४, २०७९

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी यससम्बन्त्री जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शुक्रबार सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिइन् । प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । नेपाली दुतावास र त्यहाँस्थित नेपाली समूदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने छन् । 

४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्