राप्रपाले प्रदेश १ सरकार तत्काल नछाड्ने
विराटनगर– प्रदेश १ सरकारबाट राप्रपा तत्काल नबाहिरिने भएको छ ।
यसअघि नयाँ गठबन्धन बनेपछि राप्रपाले आठै संघीयसँगै र प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो ।
तर, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उनले बताए ।
सिटौलाले भने, ‘यो प्रदेश अलि विशिष्ट छ । हाम्रै कारणले राजनीतिक अस्थिरता नहोस् भनेर तत्कालै सरकार छाड्ने पक्षमा छैनौँ ।’
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ १३:२३
प्रतिक्रिया दिनुहोस्