नेभिगेशन
समाचार

लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

लुम्बिनी- लुम्बिनी प्रदेशसभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ ।

झन्डै १ महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ । 

प्रदेशसभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक बुधबार दिउँसो १ बस्ने छ ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि प्रदेशसभाको बैठक गत माघ २० गते बसेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार