Nic Ad Nic Ad
Nic Ad Nic Ad

३ नेपाली युवतीलाई बन्धक बनाएर याैन शाेषण गरेकाे आराेपमा चिनियाँ नागरिक पक्राउ

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– ३ जना नेपाली किशोरीलाई बन्धक बनाएर राखेको आरोपमा १ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चीनको फुजेन मेन घर भई हाल ललितपुरको सोह्रखुट्टे बस्ने ४९ वर्षीय यङ लिमिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो। 

उनले विभिन्न प्रलोभनमा पारेर ३ किशोरीलाई पोखरादेखि काठमाडौँमा ल्याएर आफू बस्ने कोठामा बन्धक बनाएर राखेको आरोपमा पक्राउ गरिएको परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए । 

उनले १७ वर्षीया नाबालिकलाई माघ १० गते राति  र अर्की १७ वर्षीया बालिकालाई फागुन ११ गते राति जबरजस्ती करणी गरेको आरोप छ ।

यस्तै, अर्की १३ वर्षीया नाबालिकालाई पनि झापाबाट बोलाएर उनले कोठामा राखेको पाइएको छ। उनलाई पनि जबरजस्ती करणी गर्ने उद्देश्यले राखेको पाइएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको एसएसपी शाहले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्