नेभिगेशन
समाज विविध

सन्दीपकाे मुद्दा हेर्दाहेर्दैमा, भाेलि पनि सुनुवाइ

काठमाडौँ- बलात्कार आराेप लागेका क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा परेकाे छ ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा सुनुवाइ सुरु गरे पनि बहस नसिकएकाले सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हाे । 

गत शुक्रबार खुला इजलासमा सुनवाइ गरिएकामा आइतबार सन्दीपका कानुन व्यवसायीले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेपछि बन्द इजलासमा सुनुवाइ भएको हो । 

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर अग्राधिकार दिएको मुद्दाको सुनुवाइ आज नसकिएकाे हाे । 

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरारी सापकोटाले बहस गरे ।

यस्तै पीडितका तर्फबाट शान्ति रिसाल काफ्लेसहित ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिँदै देश बाहिर जान नपाउने शर्त राखेको थियो । 

आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन परेको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सुनुवाइ गर्दै विदेश जाने अनुमति दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता