Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीका तत्कालीन सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तत्कालीन सचिव मरहट्टासहित ३ जनाले बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियार दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

गोरखा नगरपालिका–३ मा बाटो नपुगेको ठाउँमा पुल निर्माण गर्ने क्रममा तत्कालीन सचिव मरहट्टासहित प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्