नेभिगेशन
विश्व

युक्रेन द्वन्द्वमा नेटोले हतियार आपूर्तिमा भाग लिएको छ : राष्ट्रपति पुटिन

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाएका छन् । 

‘उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन् । वास्तवमा, यो युद्धमा सहभागिता हो,’ पुटिनले आइतबार प्रसारित रोसिया–१ च्यानललाई दिएको अन्तर्वार्तामा भने, ‘यसको अर्थ के हो भने कीभ सरकारले गरिरहेको अपराधमा अप्रत्यक्ष रुपमा भए पनि उनीहरुले भाग लिइरहेका छन् ।’

‘पश्चिमा मुलुकहरूको एउटा मात्र उद्देश्य पूर्व सोभियत सङ्घ र यसको मुख्य भाग रूसी सङ्घलाई टुक्राउने रहेको छ,’ उनले भने ।

उनीहरूले हामीलाई सभ्य मानिसहरूको तथाकथित परिवारमा भिन्न भिन्न रूपमा मान्यता दिने गरेका छन् । 

युक्रेनमा रूसको पूर्ण आक्रमण सुरु भएको एक बर्ष पुगेको एक दिन पहिले गत बिहीबार मस्कोमा आयोजित देशभक्तिपूर्ण कन्सर्टका क्रममा पुटिनले उक्त कुरा बताएका हुन् ।

अन्तर्वार्तामा पुटिनले बहुध्रुवीय विश्वका लागि आफ्नो आह्वान दोहोर्‍याउँदै यस्तो हुनेमा आफूलाई कुनै अनौठो नलागेकोे बताएका छन् ।

‘हामी केको विरुद्धमा छौं ? सोभियत सङ्घको पतनपछि विश्वलाई आफ्नै शैलीमा ढाल्ने उनीहरूको प्रयासले यो अवस्था निम्त्याएको छ, हामी यसविरूद्ध प्रतिक्रिया दिन बाध्य छौं,’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन