प्रधानमन्त्रीको कतार भ्रमण स्थगित
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री ‘प्रचण्ड’को शुक्रबार कतार जाने कार्यक्रम आज स्थगित भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार आउँदो शुक्रबार कतारमा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन जाने प्रधानमन्त्रीको कार्यक्रम राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण स्थगित गरिएको हो ।
प्रधानमन्त्री दाहालले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका छन् । परराष्ट्र मन्त्री पौडेल आजै साँझ ६ बजेको उडानबाट मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा जाने कार्यक्रम तय भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ २१:३०
प्रतिक्रिया दिनुहोस्