Nic Ad Nic Ad
Nic Ad Nic Ad

इटाली डुंगा दुर्घटना अपडेट : मृत्यु हुने आप्रवासीको संख्या ५९ पुग्यो

सोमबार, फागुन १५, २०७९

रोम– इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुंगा डुब्दा केही महिनाका एक शिशुसहित ५९ जना आप्रवासीको मृत्यु भएको पुष्टि क्यालाब्रिया नगरका नगर प्रमुखले गरेका छन् । 

क्यालाब्रिया नगरका नगर प्रमुखभिन्सेन्जो भोसले उद्धारकर्मीहरूलाई उद्धृत गर्दै स्काई टिजी–२४ टेलिभिजन च्यानलसँग भने, ‘डुंगामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार रहेका र मृत्यु हुनेको संख्या ५९ पुगेको पुष्टि भएको छ ।’

यसअघि, क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका जनाएका थिए । ‘अझै धेरै समुद्रमा हराइरहेका छन् । यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ,’ उनले थपेका थिए ।

इटालियाली सञ्चारमाध्यमका अनुसार तटीय सहर क्रोटोनमा स्थानीय समयअनुसार आइतबार बिहान करिब ४ः०० बजे डुंगा डुबेको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०५:५८
प्रतिक्रिया दिनुहोस्