Nic Ad Nic Ad
Nic Ad Nic Ad

शीर्ष स्थानको बार्सिलोना तुलनात्मक कमजोर प्रतिद्वन्द्वीसँग पराजित

सोमबार, फागुन १५, २०७९

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना तुलनात्मक कमजोर मानिएको प्रतिद्वन्द्वीसँग पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सिलोना लिगको १५ औँ स्थानभन्दा तल रहेको अल्मेरियासँग १–० गोल अन्तरले पराजित भएको हो ।

एल बिलाल टोरेले २४ औँ मिनेटमा गरेको गोल नै घरेलु टोली अल्मेरियालाई जित दिलाउन निर्णायक बन्यो ।

Bilal1677468710.jpeg

यस जितसँगै १५ औँ स्थानमा उक्लिएको अल्मेरियाले २३ खेलमा २५ अंक जोडेको छ ।

पराजित हुनका बाबजुद बार्सिलोना ५९ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा प्रमुख प्रतिद्वन्द्वी रियल म्याड्रिड छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्