रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा पछिल्लो राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।
गत १० पुसमा नयाँ गठबन्धन बन्दा रास्वपा सरकारमा सहभागी भएको थियो । तर सभापति लामिछानेको नागरिकता विवादमा दोषी ठहर गर्दै अदालतले उनको सांसद पद खारेज गरिदिएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो ।
अहिले राष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धन भत्काउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ८ दलीय गठबन्धनमा सहभागी भएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १०:१५
प्रतिक्रिया दिनुहोस्