Nic Ad Nic Ad
Nic Ad Nic Ad

पिएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)मा आज नेपालले आइसिसी क्रिकेट विश्वकप लिग– २ को आफ्नो पहिलो खेलमा अहिले नेपाल पपुवा न्युगिनी (पिएनजी)को सामना गर्दैछ । 

यसैबीच, नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

खेल युएईको दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा अहिले ११ः४५ बजे सुरु हुँदैछ ।

त्रिकोणात्मक सिरिजअन्तर्गतका यी सिरिज नेपालका लागि महत्वपूर्ण छन् । यी सिरिजका सबै खेल जिते नेपाल विश्वकप छनोटमा रहिरहने छ । यस्तै, नेपालले एकदिवसीय मान्यता कायम राखिराख्न पनि लिग– २ मा अनुकुल नतिजा याउन आवश्यक छ ।

यसर्थ, नेपाल आज जितका साथ सिरिजको सुरुवात गर्न चाहन्छ । 

नेपालको युएई भ्रमण लिग– २ को अन्तिम विदेश भ्रमण हो । यसपछि लिग– २ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालमा हुनेछ । जहाँ यी तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल लिग– २ मा २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । एकदिवसीय मान्यता जोगाउन नेपाल कम्तीमा शीर्ष ५ मा पर्नुपर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्