नेभिगेशन
समाचार

‘सञ्चार क्षेत्रको कानुन परिवर्तन गर्न आवश्यक छ’

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छिन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उनले यस्तो धारणा राखेकी हुन् । 

ठुलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सो अनुकूल पर्याप्त कानुन बन्न नसक्दा कानुन निर्माणमा केन्द्रित भएको उनको भनाइ छ । 

नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन रहेकाले यसको परिवर्तन गर्न सरकार लागेको पनि उनले बताइन् ।

नेपालको परिवर्तन र जागरणमा रेडियोको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उनले अब संख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिनुपर्ने बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार